Saturday, November 9, 2024

पाकिस्तानमा मे ९ सम्म लकडाउन

काठमाडौ, बैशाख १३ (हाकाहाकी)– पाकिस्तानमा लागु गरिएको लकडाउनको अवधि थप गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन् ।

पाकिस्तानी सरकारले आउने मे ९ तारिखसम्मका लागि लकडाउन लागु भइरहने घोषणा गरेको ए एन आई समाचार संस्थाले जनाएको छ ।

केन्द्रिय योजना तथा विकास मन्त्री असद उमराले राष्ट्रिय नियन्त्रण केन्द्रले लकडाउनको समयावधि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।

देशव्यापी लकडाउन लागु भइरहेको पाकिस्तानमा हिजोसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ११ हजारभन्दा बढी भएको छ ।

सरकारी अधिकारीहरुका अनुसार संक्रमित हुनेहरुको कुल संख्या ११ हजार ६५२ रहेको छ ।

त्यसैगरी देशभरी कोरोना भाइरसका कारण २४२ भन्दा बढीको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।
आजदेखि मुिस्लम धर्माबलम्वीहरुको एक महिने रमजान पर्व समेत शुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार