काठमाडौं, बैशाख १३ (हाकाहाकी)– औषधिको मूल्य महँगो गर्न थालिएको जनगुनासो आइरहेको भन्दै त्यसको कडा अनुगमन थालिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणको समस्या जारी रहे पनिऔषधिको मूल्य बढाउनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै मन्त्रालयले यसबारे अनुगमन गर्ने र कसैले औषधिको मूल्य बढाई ठगी गरेको पाइए कडा कार्बाहीगर्ने चेतावनीदिएको हो।
स्वास्थ्यमन्त्रालयकाप्रवक्ता डा. विकास देवकोटाले कसैले औषधिको मूल्य बढाई बिरामी ठगेको पाइए कडा कार्बाहीहुने चेतावनीदिनुभएको छ ।
औषधिको मूल्य बढ्नुपर्ने कुनै कारण नभएको बारे यसअघि नै स्वास्थ्यविभागले प्रस्ट पारिसकेको जानकारी गराउँदै प्रवक्ता देवकोटाले औषधिमाकुनै पनिकिसिमको मूल्य वृद्धि नगर्नरनगराउनतर्फ स्वास्थ्यमन्त्रालयको विशेष आग्रह रहेको बताउनुभएको छ ।