Saturday, November 9, 2024

लकडाउनमा पनि भौतिक निर्माणको काम सुचारु

काठमाडौं, बैशाख १३ (हाकाहाकी)– कोरोना भाइरसको जोखिम बढ्न नदिन सरकारले जारी राखेको बन्दाबन्दीमा समेत भौतिक विकास निर्माणको काम अगाडि बढीरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेलमार्ग निर्माणको कामलाई बन्दाबन्दीको समयमा समेत जारी राखेको र प्रगति पनि आशातित रुपमा अगाडि बढीरहेको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार बर्दीबास–निजगढ खण्डमा पर्ने रौतहटको सन्तपुर क्षेत्रमा पर्ने ट्रयाक बेड तथा सोमा पर्ने मुख्य र सहायक संरचनाको काम भइरहेको छ ।

नेपाली लगानी तथा नेपाली निर्माण व्यवसायीले बन्दाबन्दीको समयमा समेत काम जारी राख्दा महानिर्देशक मिश्र खुसी व्यक्त गर्नुहुन्छ ।

उहाँलेसरकारले तोकेको सामाजिक दुरी तथा सुरक्षाका सम्पूर्ण व्यवस्था गरी काम भइरहेको बताउनुभएको छ ।

रेलमार्गका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणमा, निर्माण व्यवसायीले अपेक्षित श्रमिक परिचालन गरेका पनि महानिर्देशक मिश्रले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार