काठमाडौ, बैशाख १३ (हाकाहाकी)– सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार अपराह्नसम्म यो रकम जम्मा भएको हो ।
सरकारी सङ्घसंस्था वा निकायबाट सहयोग आउने क्रम जारी छ ।
प्राप्त विवरणअनुसार अम्बे स्टिलले, सगरमाथा इन्स्योेन्स कम्पनीले, नेपाल इँटा उद्योग महासङ्घले कोषमा जम्मा गरेका छन् ।
यस्तै नेपाल निजामती कर्मचारी सङ्गठन, अर्थ विभागीय कार्यसमितिल, क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले, डिभिजन वन कार्यालय सल्यान लगायतले कोषमा रकम जम्मा गरेका छन् ।
नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाको ४६ लाख ५९ हजार २८३ रकम जम्मा भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।