Saturday, November 9, 2024

कोरोनाको अति उच्च जोखिमबाट नेपाल एक तह झ¥र्यो

काठमाडौ, बैशाख १३ (हाकाहाकी)– नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ ।
विश्व स्वास्थ्य संगठन (डल्युएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।

छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तरराष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो ।

नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि बन्दाबन्दी गरिनुको साथै परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार