Saturday, November 9, 2024

मलेसियामा मास्क नलगाउनेलाई कडा कारवाही

काठमाडौ, बैशाख १२ (हाकाहाकी)– कोरोना सक्रमण रोकथामका लागि कतारले मास्क नलगाउनेलाई कडा कारबाही गर्ने भएको छ ।

कतारको मन्त्रीपरिषदले २६ अप्रिल अथवा आउने आइतबारदेखि लागू हुने गरी मास्क नलगाउनेलाई तीन वर्षसम्म जेल सजाय र दुई लाख रियालसम्म जरिवाना हुने नियम ल्याएको कतारको समाचार संस्था गल्फ टाईम्सले जनाएको छ ।

सरकारी र निजी क्षेत्रका कर्मचारी तथा सेवाग्राही, व्यापारी तथा किनमेलकर्ता, सेवा तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकले अनिवार्य रुपमा मास्क लगाउन पर्नेछ ।

यी क्षेत्रमा कार्यरत श्रमिकलाई अनिवार्य रुपमा मास्क लगाउन र कारबाहीबाट बच्न दूतावासले अनुरोध गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार