Saturday, November 9, 2024

विद्यार्थीको पढाई अनलाइनबाट सञ्चालन गर : त्रिवि

काठमाडौ, बैशाख १२ (हाकाहाकी)– त्रिभुवन विश्व विद्यालयले विद्यार्थीको पढाइ नरोक्न आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त सबै क्याम्पसलाई परिपत्र गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गरी त्रिवि रजिष्ट्रारको कार्यालयले यो अवस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्न असम्भव भएकोले विद्यार्थीहरुको शैक्षिक वर्षमा असर नपरोस् भन्ने ध्येयले विद्युतीय माध्यम (अनलाइन) बाट गरिने कक्षा सञ्चालन गर्न भनिएको छ ।

अनलाईन कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७, बमोजिम कक्षा सञ्चालनको व्यवस्था गर्न सबै डीनको कार्यालयमा पत्र पठाइसकिएको पनि त्रिविले जनाएको छ।

त्रिविले प्रकाशित गरेको सूचनामार्फत ‘आ–आफ्नो डीन कार्यालयसँग समन्वय गरी विद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्न गराउन हुन त्रिविका सबै आंगिक क्याम्पस÷स्कूल÷विभागहरु तथा सम्बन्धन प्राप्त क्याम्पस तथा सम्बन्धित सबै शिक्षक कर्मचारी विद्यार्थीको जानकारी’ गराएको छ।

ताजा समाचार

सम्बन्धित समाचार