Wednesday, November 13, 2024

एक महिनादेखि रोकिएको खोप आइतबारदेखि नियमित

काठमाडौ, बैशाख १२ (हाकाहाकी)– लकडाउनका कारण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आउने आइतबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।

विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गएको चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण देशभरिका बालबालिकालाई दिइने आधारभूत खोप सञ्चालन हुनसकेको थिएन ।

यसरी नियमितरूपमा लगाइने खोप लामो समयसम्म रोक्दा भविष्यमा यसले ठूलो स्वास्थ्य दुर्घटना निम्त्याउन सक्ने भन्दै दुई हप्ताअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूतरूपमा लागाइने खोपहरु सामाजिक दूरी कायम गर्दै निरन्तरता दिन आग्रह गरेको छ ।

अहिले विषेश समय भएकाले खोप लगाउन मन्त्रालयले नियम पनि बनाइसकेकाले कुनै पनि बहानामा खोप कार्यक्रम नरोक्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

मन्त्रालयका बाल स्वास्थ्य तथा खोप सेवा विभाग प्रमुख डा. झलक गौतमले बालबालिका जन्मेदेखि १५ महिना पुग्दासम्म लगाउनुपर्ने सबै खोप अनिवार्य लगाउनुपर्ने भन्दै खोप सेवाबाट बञ्चित भए बालबालिकाको मृत्युसम्म हुनसक्ने जानकारी गराउनुभयो ।

मन्त्रालयले कम्तीमा तीनदेखि छ फिटसम्म सामाजिक दूरी कामय गरी खोप सेवा सञ्चालन गर्ने जनाएको छ ।
त्यस्तै स्वयंसेवकमार्फत टोलवासीलाई खोप लगाउन समय जानकारी गराउने, भीड नियन्त्रण गर्नेजस्ता मापदण्ड पूरा गरी काम गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार