Wednesday, November 13, 2024

काठमाडौका मस्जिदमा रहेकाहरुको परीक्षण सुरु

काठमाडौ, बैशाख १२ (हाकाहाकी)– सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबै व्यक्तिहरुको कोरोना परीक्षण सुरु गरेको छ ।

उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सक्रमण देखिएपछि काठमाडाँैस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबारदेखि उपत्यकाका मस्जिदमा रहेका मानिसको परीक्षण पिसिआर शुरु गरिएको उहाँले बताउनुभएको छ ।

महानिर्देशक श्रेष्ठका अनुसार हिजो ७६ जनामा परीक्षण गरिएको र बाँकीको आज पनि भइरहेको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो । तीमध्ये तीन जना काठमाडौँमा गएको देखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार