काठमाडौ, बैशाख १२ (हाकाहाकी)– देशभर कोरोना भाइरसको नमुना परीक्षणको संख्या साढे ४७ हजार पुगेको छ ।
पीसीआर विधिमार्फत ९ हजार ४ सय ७ र ¥यापिड डाइगोनोष्टिक टेष्ट (आरडिटी)मार्फत ३८ हजार ८९ वटा गरी कुल ४७ हजार ५ सय ९६ वटा परीक्षण गरिएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ वटा नयाँ टेष्ट गरिएको जानकारी दिनुभएको छ ।
उहाँले देशभरका सबै प्रदेशमा ¥यापिड किटबाट परीक्षण भइरहेको बताउनुभएको छ ।
प्रवक्ता डा. देवकोटाका अनुसार प्रदेश नं १ मा ३ हजार ९ सय २९, प्रदेश नं २ मा ४ हजार ९ सय ७७, बाग्मती प्रदेशमा ७ हजार १ सय ४३ जनाको परीक्षण गरिएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३, प्रदेश नं ५ मा २ हजार ८ सय ७४, कर्णाली प्रदेशमा ४ हजार ८७० र सुदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ वटा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आज देशभर १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा छन ्।
त्यस्तै देशभर संभावित संक्रमितहरु ८९ जना आइसोलेसनमा रहेका छन् । तीमध्ये ३ जना काठमाडौं उपत्यकामा र काठमाडौंबाहिर ८६ जना रहेको प्रवक्ता डा. देवकोटाले बताउनुभएको छ ।