काठमाडौ, बैशाख १२ (हाकाहाकी)–प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण रोक्नका लागि परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
सभापति देउवाले शुक्रबार प्रधानमन्त्रीसँगको भेटका क्रममा उक्त आग्रह गरेका हुन । सभापति देउवाले स्वास्थकर्मीलाई पिपिईलगायतका आवश्यक सामग्री यथाशिघ्र पु¥याउन सुझाव दिएका छन् ।
साथै उनले स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने कुनै पनि कार्य तुरुन्तै रोक्नुपनेृ सुझाव पनि दिए ।
विदेशमा रहेका नेपालीले देशलाई रेमिट्यान्स पठाएर योगदान गरिरहेको उल्लेख गर्दै देउवाले आज उनीहरु अप्ठ्यारो परेको स्थितिमा उद्धार गर्ने बारे तत्काल योजना सार्वजनिक गरी कार्यान्वयन गर्न सुझाएका छन् ।
सभापति देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा अब विवाद्का कुनै कुरा नल्याउन सुझाव दिँदै प्रधानमन्त्रीलाई थप सजग गराएको काँग्रेसले जनाएको छ ।