काठमाडौ, बैशाख १२ (हाकाहाकी)– बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ ।
बेलायतले आफ्ना करिब ३ हजार ६ सय जना नागरिक स्वदेश लैजान लागेको बि.बि. सि को खबरमा उल्लेख छ ।
उनीहरु अहिले भारतमा रहेकोले उनीहरुलाई स्वदेश फर्काउनका लागि यही अप्रिल २८ तारिखबाट ती विमानहरु भारत पठाइने बताइएको छ ।
बेलायत सरकारले ती विमान अहिले भारतमा रहेका बेलायती नागरिकका लागि पठाउन लागेको बताएको छ ।
दक्षिण एसिया तथा कमनवेल्थसम्बन्धी बेलायती मन्त्री लर्ड (तारिक) अहमदले जानकारी दिएअनुसार ती विमानहरु यही अप्रिल २८ मा भारतमा पठाइने छ ।
बेलायतले भारतमा रहेका आफ्ना नागरिकलाई लैजान यसअघि पनि चार्टर विमानहरु पठाएको थियो ।
यसमार्फत बेलायतमा आफ्ना ६ हजार ५०० जना नागरिकलाई स्वदेश फर्काइसकेको छ ।
ती मन्त्रीका अनुसार बेलायतले आउने दिनमा पनि भारतमा रहेका करिब ७ हजार नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको छ ।
भारतमा १३ हजार बेलायती नागरिकले आफूहरु स्वदेश फर्किनैपर्ने समस्यामा रहेको भनी आवेदन भरेको बेलायत सरकारले जनाएको छ ।