Friday, November 15, 2024

कालोबजारी आरोपमा पक्राउ सुलभ थप १० दिन थुनामा

काठमाडौ, बैशाख ७ (हाकाहाकी)– कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ ।

ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा शुलभ गत चैत २५ गते पक्राउ परेका थिए ।

कालोबजारी गरेको कसूरमा उहाँमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो ।

अनुसन्धान नगकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासन कार्यालयले थप दिनको अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

पाँच हजार रुपैया पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लागेको भन्दै प्रहरीले काठमाडौंका नक्सालबाट अग्रवाललाई पक्राउ गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार