काठमाडौ, बैशाख ७ (हाकाहाकी)– काठमाण्डौ उपत्यका नगरपालिका फोरमले लकडाउनले समस्यामा परेका नागरिकलाई दुईवटा हटलाइन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
काठमाण्डौ उपत्यकाभित्र रहेका तर खर्च सकिएर अप्ठ्यारोमा परेका नागरिकले हटलाइन नम्बर ११८० र ११३१ मा सम्पर्क गर्न सक्ने फोरमले जनाएको छ । काठमाण्डौ महानगरपालिकामा ११८० र ललितपुर महानगरपालिकामा ११३१ नम्बर सञ्चालन गरिएको छ ।
लकडाउनका बेला ह्दयघात र मृगौला रोगीलगायतलाई अस्पताल लैजान र ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको लागि काठमाण्डौ महानगरपालिकाले यसअघि ११८० नम्बर सञ्चालन गरेको थियो ।
हटलाइन नम्बर ११३१ मा आउने फोन ललितपुर महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीको टोलीले उठाउने गर्छ ।
हटलाइनमा फोन गर्नेहरुले भोकभोकै परेको, घर जान नपाएको र राहतका लागि कहाँ कसरी सम्पर्क गर्ने तथा बिरामी भएमा एम्बुलेन्स आबश्यक परेमा र आडिटि टेष्ट गर्न पनि सहयोग गर्ने गरेको काठमाडौ महानगरका हटलाइनसेवाका खड्ग श्रेष्ठले बताउनुभएको छ ।
काठमाण्डौ उपत्यका नगरपालिका फोरमले लकडाउनको बेला समस्यामा परेर काठमाण्डौ नछाड्न र अप्ठ्यारोमा परेको अवस्थामा वडा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।