काठमाडौ, बैशाख ७ (हाकाहाकी)– विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणको पुनःपरीक्षण अब नेपालगञ्ज र धरानमा पनि हुने भएको छ ।
यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्रै पुनः परीक्षण गर्दै आएको थियो ।
यदि अरु ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए टेकुले पुनः परीक्षण गरेपछि मात्र औपचारिक घोषणा गर्ने गरिन्थ्यो । स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालगञ्जस्थित भेरी अस्पतालमा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको थियो ।
भेरी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ‘क्रस भेरिसिफेसन’ अर्थात पुनः परीक्षण गर्न दिइने भएको छ । यसले कोरोना परीक्षणको रिपोर्ट अझ छिटो आउने भएको छ ।