काठमाडौ, बैशाख ७ (हाकाहाकी)–इटालियन क्लब ब्रेसियाका अध्यक्ष मासिमो सेलिनोलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पछिल्लो पटक गरिएको परिक्षणमा अध्यक्ष सेलिनोलाई कोरोना पोजिटिभ देखिएको हो । अध्यक्ष सेलिनोले आफुलाई कोरोना देखिएको पुष्टी गर्नुभएको छ । अध्यक्ष सेलिनोसँगै उहाँका छोरीलाई समेत कोरोनाको संक्रमण देखिएको छ ।