Friday, November 15, 2024

एन्टिबडीमा प्रतिरोधी क्षमता भए नभएको मापन गर्न सकिदैनः डब्लुएचओ

बैशाख ६ (हाकाहाकी)– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले रगतमा देखिएको एन्टिबडीमा कोरोना भाइरस रोक्न सक्ने प्रतिरोधी क्षमता रहेको वा नरहेको भन्ने कुरा मापन हुन नसक्ने बताएको छ ।

यसअघि एन्टिबडी परीक्षणबाट मानिसमा कोरोना भाइरससँग लड्ने क्षमता विकास भएको पुष्टि हुने बताइँदै आएको थियो ।
डब्लुएचओका अनुसार अहिलेसम्म यसको कुनै प्रमाण नभेटिएको सिएनएन समाचार संस्थाले जनाएको छ ।

डब्लुएचओका हेल्थ इमर्जेन्सिजका कार्यकारी निर्देशक माइक रायनले धेरै मानिसहरुमा कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमता विकास भएको कुनै संकेत नपाइएको बताउनुभएको समाचारमा उल्लेख छ ।

पछिल्लो समय कोरोना भाइरसबाट निको भएका मानिसमा पनि कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि मानिसको शरीरमा हुने एन्टिबडीे कसरी काम गर्छ भन्नेबारे प्रश्न उब्जिएको थियो ।

यद्यपि निको भइसकेकामा देखिएको संक्रमणपछि उनीहरुले यो रोग अरुलाई सार्न सक्छन् वा सक्दैनन् भन्ने स्पष्ट भइनसकेको पनि समाचरमा जनाइएको छ ।

पाँचौं संस्करणको एनभीए राष्ट्रिय पुरुष–महिला क्लब भलिबल लिग अनिश्चितकालका लागि स्थगित भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार