बैशाख ६ (हाकाहाकी)– कोभिड–१९को जोखिम हुन नदिन लकडाउन जारी रहदा पनि गोदावरी नगरपालिकाको चापागाउँ सडक हुँदै कान्ति लोकपथबाट घर फर्किनेको क्रम जारी रहेको छ ।
गोदावरीको चापागाउँ हुँदै वाग्मती गाउँपालिकामा रहेको वाग्मती नदी तरेर मकवानपुर जिल्ला हुँदै अन्त्यमा हेटौँडा छिर्ने मानिसको लर्काे दैनिक करिब एक हजार हुने गरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो ।
सरकारले बन्दाबन्दीभर कोठा भाडा मिनाह हुने कुरो अघि बढाए पनि भाडा नै आय स्रोत हुने घरबेटीलाई कसरी भाँडा नदिने भन्ने लागेर घर हिँडेको कति यात्रीले बताएको अध्यक्ष लोप्चनले जानकारी दिनुभयो ।
लोकपथ हुँदै घर बाहिरिने मानिस बढीजसो इँटाभट्टामा काम गर्ने र मजदूरी गरेर खानेखालका देखिन्छन् ।