Friday, November 15, 2024

काठमाडौमा यस अघि वितरण गरिएकै सवारी पासले काम गर्ने

बैशाख ६ (हाकाहाकी)– सरकारले जारी गरेको लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि उपलब्ध गराएको सवारी पासले काम चल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले ई–पासको लागि मोवाइलमा सूचना आउने भएकोले प्रशासनमा आउनु नपर्ने जानकारी दिनुभएको छ ।
एम्बुलेन्स, खाध्यान्न, खानेपानी, स्वास्थ्यकर्मी, औषधी, पेट्रोलियम पदार्थ, चल्ला, दाना लगायतका बोक्ने सवारिहरूलाई पास नचाहिने सहायक प्रमुख आचार्यले बताउनुभयो ।

अकस्मात आउने स्वास्थ्यमा खराबी र नियमित औषधी सेवन गर्नुपर्ने डायलाइसिस जस्तो संवेदनशिल बिरामीहरूलाई अस्पताल जानुपर्ने भए नजिकैको प्रहरी चौकीसँग समन्वय गर्न सकिने पनि उहाँले बताउनुभएको छ ।

जुन प्रयोजनको लागि सवारी पास लिइएको हो, त्यो प्रयोजनमा मात्र सवारी सदुपयोग गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार