Friday, November 15, 2024

दुई बिरामी निको भएर घर फर्किए, एक जना थपिए

बैशाख ६ (हाकाहाकी)– कोरोना संक्रमित दुई जना बिरामी निको भएर शनिबार अस्पतालबाट घर फर्किएका छन् ।

निको भएर घर फर्किनेमा नेपालीकी दोस्रो कोरोना संक्रमित काठमाडौकी युवती र छैंठौ संक्रमित बाग्लुङकी ६५ बर्षिय महिला हुन ।

चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएकी काठमाडौकी युवती टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट र १७ दिनदेखि उपचाररत बाग्लुङकी ती महिला धौलागिरी अञ्चल अस्पतालबाट डिस्चार्ज भएका हुन ।

काठमाडौंकी युवतीले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । उनले आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले धेरै सहयोग गरेको पनि उनले बताइन् । काठमाडौं घर भएकी यी युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन् ।

कोरोना मुक्त भएपनि यी युवतीलाई केही समय घरमै एकान्तवासमा बस्न आग्रह गरिएको उपचारमा संलग्न डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभएको छ । डाक्टर बास्तोलाले ती युवतीलाई कोरोना मुक्त बनाउन सकेकोमा खुशी व्यक्त गर्नुभयो ।

बाग्लुङकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उनलाई शनिबार साँझ डिस्चार्ज गर्न लागिएको बाग्लुङ्गका पत्रकार सुवास गौतमले जानकारी दिनुभएको छ । गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी उनलाई चैत १७ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशनमा भर्ना गरी उपचार भइरहेको थियो ।

कोरोना सक्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशन वार्डमा उपचाररत महिलाको यो भन्दा पहिले दुई पटक स्वाब परीक्षण गर्दा पोजेटिभ आए पनि तेस्रो र चौथौ पटक नेगेटिभ आएका कारण उनलाई कोरोना ठीक भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिनुभएको हो ।

अस्पतालबाट डिस्चार्ज भएकी यी महिलालाई अझै केही समय घरमै क्वारेन्टाइनमा बस्न डाक्टरहरुले सुझाएका छन् ।

शनिबार दुई जना बिरामी अस्पतालबाट निको भएर घर फर्किए । तर शनिबार एक जना ६५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भयो । यो सँगै संक्रमितको संख्या नेपालमा ३१ पुगेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार