Friday, November 15, 2024

डा. पुनलाई मन्त्रालय हाजिर गराउने निर्णयको आलोचना

बैशाख ६ (हाकाहाकी)– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टिकरण सोध्ने र मन्त्रालयको जगेडामा राख्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयको शनिबार चौतर्फी आलोचना भएको छ ।

मन्त्रालयको यो निर्णयको सामाजिक सञ्जाल प्रायोगकर्ताहरुले शनिबार दिनभर बिरोध गरेका हुन । लेखक, पत्रकार, राजनीतिज्ञलगायत सबै पेशाका अधिकांस प्रयोगकर्ताहरुले गलत निर्णय भएको भन्दै टिप्पणी गरेका छन् ।

कोरानाको बिषयमा संचार माध्यमहरुमा अनावश्यक रुपमा बोलेको आरोपमा डा. पुनलाई मन्त्रालय शुक्रबार साँझ स्पटिकरण सोधेको हो ।

डा. पुनले कोराना महामारीबारे धेरै अघिदेखि सरकार र आमनागरिकलाई सचेत गराउदै आएकाले त्यस वापत उनलाई सरकारले पुरस्कृत गरेको व्यङग्य पनि गरेका छन् । साथै कतिपयले सरकारले उनको वैयक्तिक स्वतन्त्रतामा हस्तक्षेप गरेको आक्षेप पनि लगाएका छन ।

कतिपयले जनचेतना फैलाए वापत कारवाही भोग्नुपर्ने गणतन्त्र भन्दै सरकारी निर्णयको आलोचना गरे । कोरोना जस्ता महामारी फैलिएका बेला यसै क्षेत्रका सक्रिय, अनुभवी विशेयज्ञलाई नै स्पष्टिकरण र सरुवा गरेर ‘इगो҆ साध्ने प्रयास गरिएको तर्क गरेका छन् ।

कतिपय सञ्जाल प्रयोगकर्ताहरुले चिनको वुहानमा कोराना भाइरसले भयावह रुप लिदै छ भनेर सार्वजनिक गरेका चिनियाँ चिकित्सकलाई त्यहाँको प्रशासनले गरेको कारवाहीको सिको नेपालको स्वास्थ्य मन्त्रालयले गरेको भन्दै व्यङग्य गरेका छन् । उनीहरुको तर्क छ, सरकार राम्रो काम भन्दा नराम्रो कामको सिको गर्छ ।

कतिपयले भने ओम्नी समूहको ठेक्कासँग जोडेर मन्त्रालयको आलोचना गरेका छन् । ओम्नी समूहले ल्याएका स्वास्थ्य उपकरण र सामग्रीहरुको गूणस्तरमा डा. पुनले प्रश्न गरेको तथा यसबारेका सूचना सार्वजनिक गरेको अनुमान गर्दै भनेका छन, ‘सरकारले त्यसैले ‘इगो҆ साध्न उनलाई स्पष्टिकरण सोधेर मन्त्रालय तानेको हो ।҆

डा. पुनले गत पुस महिनादेखि नै सार्स जस्तै डरलाग्दो सरुवा रोग फैलिदै छ भनी लेखहरु लेखेका थिए । उनले चिनमा फैलिएको कोरोना र त्यसले नेपालमा पार्न सक्ने असरबारे पुस यता सरकार र आम नागरिकलाई सचेत गराइरहेका थिए । डा. पुन लामो समयदेखि टेकु अस्पतालमा कार्यरत छन् । उनी नेपालका सीमित संक्रमण रोग विशेषत्रमध्ये सबैभन्दा वरिष्ठ हुन ।

ताजा समाचार

सम्बन्धित समाचार