बैशाख ५ (हाकाहाकी)– बेलायतमा तीन साताका लागि लकडाउन लम्ब्याइएको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रणमा लिने प्रयास स्वरुप लागु भएको लकडाउन कम्तिमा थप तीन हप्ता बढाउने निर्णय भएको बेलायती विदेश मन्त्री डोमिनिक राबले बताउनुभयो ।
प्रधानमन्त्री कार्यालयमा भएको नियमित पत्रकार सम्मेलनमा उहाँले अहिले नै लकडाउन खुकुलो बनाउनु जोखिमपूर्ण हुने भएकोले तीन सातका लागी लकडाउन लम्ब्याउने निर्णय गरीएको जानकारी दिनुभयो ।
अझै पनि कोरोना भाइरसको संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभएकाले लकडाउन थप्ने निर्णय भएको विदेश मन्त्री राबले जानकारी दिनु भयो । बेलायत गएको मार्च २३ देखि लकडाउन लागु गरीएको हो । अझै कम्तिमा तीन हप्ता मानिसहरु घर बाहिर निस्कन पाउने छैनन् ।
बेलायती विदेशमन्त्री डोमिनिक राबले लडकडाउनमा छुट दिइए यो सार्वजनिक स्वास्थ्यका लागि मात्र नभई अर्थव्यवस्थाका लागि पनि खतरा हुने बताउनु भयो ।