Friday, November 15, 2024

न्यूयोर्कमा मे १५ सम्म अत्यावश्यक सेवा बाहेक सबै बन्द

बैशाख ५ (हाकाहाकी)– अमेरिकाको न्युयोर्क राज्यका गभर्नरले अत्यावश्यक बाहेकका व्यवसाय, प्रतिष्ठानहरु र विद्यालयहरु मे १५ सम्म नखुल्ने बताउनु भएको छ ।

यी क्षेत्रहरु अहिले पनि बन्द रहेका र आउँने मे १५ सम्म नै नखुल्ने जानकारी गभर्नर एन्ड्रयु कुओमोले जानकारी दिनुभएको हो ।

उहाँले संयुक्त राज्य अमेरिकाले कोविड १९ को संक्रमणलाई रोक्ने प्रयासस्वरुप यो निर्णय गरिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

कुओमोले नियमित पत्रकार सम्मेलनका क्रममा यो जानकारी दिनुभएको थियो । साथै उहाँले न्युयोर्क वरिपरिका राज्यहरुसँग पनि आवश्यक परामर्श गरेर यो निर्णय लिइएको जानकारी गराउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार