Friday, November 15, 2024

लकडाउनमा इन्टरनेट सेवा सूचारु राख्न प्राधिकरणको निर्देशन

बैशाख ५ (हाकाहाकी)– नेपाल दूरसञ्चार प्राधिकरणले बन्दाबन्दिका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

बन्दाबन्दिको समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

बन्दाबन्दिको अवधिमा इन्टर्नेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा इन्टनेट सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भन्दै प्राधिकरणले अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था मिलाउन पनि सूचित गरेको छ ।

प्राधिकरणले भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टनेट सेवासमेत बन्दाबन्दिको अवधिभर निरन्तर सञ्चालन हुने गरी व्यवस्था मिलाउन र बन्दाबन्दिका अवधिपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार