Friday, November 15, 2024

स्वास्थ्य सामग्री खरिद गर्न तीन नीजि कम्पनीसँग सम्झौता

बैशाख ५ (हाकाहाकी)– सरकारले कोरोना भाइरसको रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ ।

स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्नी गुरुपसँगको सम्झौता भंग गरेको स्वास्थ्य सेवा विभागले तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको हो ।

कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री दुई साता भित्र ल्याउने गरीस्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले खरिद सम्झौता गर्नुभएको हो ।

‘सम्झौताको रकम २९ – ३० करोड रुपैयाँको छ । सम्झौता गर्ने कम्पनीहरुमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयर रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार