बैशाख ५ (हाकाहाकी)– कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले गरेको बन्दाबन्दीका कारण प्रभावित बनेको बालबालिकाहरूको खोप कार्यक्रमलाई फेरी सञ्चालन गर्न लागिएको अधिकारीहरूले बताएका छन ्।
तर दादुरा र रुबेलाका लागि सञ्चालन गरिएका विशेष कार्यक्रम भने बन्दाबन्दी खुलेपछि मात्रै अगाडि बढाइने बताइएको छ । खोप लगाउने कार्य नियमित गर्न नसकिए ठूलो स्रोतसाधन परिचालन गरेर कम गरिएको बाल मृत्युदर प्रभावित हुने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन् ।