बैशाख ५ (हाकाहाकी)– अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले अन्तराष्ट्रिय हवाई यात्रालाई सहज बनाउन सदस्य राष्ट्रहरुलाई आह्वान गरेको छ ।
सदस्य राष्ट्रहरुका लागि एडभाइजरी जारी गर्दै आईकाओले अन्तराष्ट्रिय उडानलाई सहज बनाउन आग्रह गरेको हो ।
चार्टर्ड गरी जान नसक्ने नागरिक बढी समस्यामा पर्न थालेसँगै आइकाअोले देशहरुलाई हवाई यात्रा सहज बनाउन आह्वान गरेको हो ।
आईकाओले विशेष उडानहरुलाई सहजै उड्ने अनुमति दिन, आकाश तथा विमानस्थल प्रयोगमा समेत सहयोग गर्न आग्रह गरेको छ ।
आईकाओ व्यापारिक उडानलाई पनि सहज बनाउन आग्रह गरेको छ ।
खासगरी अत्यावश्यक सामग्रीको आपूर्ति तिब्र रुपमा गर्नुपर्ने र त्यसका लागि हवाई मार्गका विकल्प नभएको भन्दै आईकाओले नयाँ एडभाइजरी जारी गरेको हो ।
आईकाओका महासचिव फाङ लिउद्धारा जारी एडभाइजरीमा कुनै मुलक वा राज्यले आफ्ना नागरिकलाई घर फिर्ति गर्न चाहन्छ भने बीना अवरोध उडानको अनुमति दिन मुलुकहरुलाई आग्रह गरिएको छ ।
आईकाओले चार्टड उडान, कार्गो उडान र मेडिकल उडानका अनुमतिहरु तिब्र गतिमा दिनसमेत आग्रह गरेको छ । अहिले संसारभर उडान(अवतरण ६० प्रतिशतभन्दा बढीले कम भएको छ ।