बैशाख ५ (हाकाहाकी)–विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस को संक्रमण रोकथाम र नियन्त्रणका लागि बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्रीको उपस्थितिमा आज भएको छलफलमा कोरोना संक्रमण नियन्त्रणका लागि २४ दिन अघिदेखिको लकडाउनको कार्यान्वयनको विषयमा समीक्षात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
छलफलमा प्रधानमन्त्री केपी ओली, कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगै समिति सदस्य, सीसीएमसीका सदस्यसहितका पदाधिकारीका सहभागीता थियो ।
‘बैठकमा कोरोना भाइरस संक्रमणविरूद्द जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भएको जनाइएको छ ।