बैशाख ४ (हाकाहाकी)– चितवनमा एउटा गैंडा मृत अबस्थामा भेटिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैंडा मृत भेटिएको हो ।
त्यो भाले गैंडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिनुभयो ।
उहाँले बुढो अवस्थाको गैंडा घोलमा डुबेको र उद्धार गर्न पुग्दा मृत्यु भइसकेको बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा २४ गैंडाको मृत्यु भइसकेको छ ।