Friday, November 15, 2024

जनवरीदेखि मार्चबीचमा जारी भिसाको भ्याद ६ महिना थप

बैशाख ४ (हाकाहाकी)– सरकारले नेपाल आउनेहरुका लागि जनवरी १ देखि मार्च १ को बीचमा जारी गरेका सबै भिसाको म्याद ६ महिना थप गरेको छ ।
कोरोना संक्रमणका कारण सिर्जित संकटका कारण सरकारले यस्तो निर्णय लिएको हो ।

भिसा जारी भएपछि ६ महिनाभित्र नेपाल आउनु पर्नेमा अब एक वर्षभित्र नेपाल आउन सकिने अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले बताउनुभयो ।
त्यही निर्णय अनुसार बिभिन्न मुलुकमा रहेका नेपाली दूतावासले सूचना जारी गरेका छन् ।

यहाँको दूतावास र अष्ट्रेलिया र न्यूजिल्यान्डमा रहेका सबै नियोगहरुले यो अवधिमा जारी गरेका भिसाहरुको अवधि अब ६ महिनाको सट्टा १ वर्ष हुने अष्ट्रेलियास्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार