Friday, November 15, 2024

दुई दिनमै ५० जनाले लिए एम्बुलेन्स सेवा

बैशाख ४ (हाकाहाकी)– काठमाडौँ महानगरपालिकाले बन्दाबन्दी अवधिभर दिएको निःशुल्क एम्बुलेन्स सेवा दुई दिनमै ५० जनाले उपयोग गरेका छन् ।
महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक सङ्घ, नेपालसँगको गहकार्यमा लामो समयदेखि औषधि प्रयोग गरिरहेका दीर्घ बिरामीका लागि अस्पतालसम्म आउन र जानका लागि निःशुल्क सेवा प्रदान गरेको थियो ।

त्यो सेवाबाट दुई दिनमा ५० जनाले सेवा प्रदान गरेका महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

त्यस्ता बिरामीलाई वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको डायलासिस सेन्टरलगायतमा लैजाने गरिएको पनि महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिका संयुक्त एम्बुलेन्स चालक सङ्घ, नेपाल (काठमाडौँ जिल्ला कार्यसमिति) सँग सम्झौता गरी लकडाउन अवधिभर २४सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको थियो ।

त्यही सम्झौताअनुसार पाँच वटा एम्बुलेन्सले लकडाउनको समयमा हृदयघात, मिर्गाैला रोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवा दिइरहेको छ ।
आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएको प्रवक्ता डङ्गोलको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार