Friday, November 15, 2024

बाग्लुङकी महिलाको तेस्रो परिक्षण नेगेटिभ

बैशाख ४ (हाकाहाकी)– कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

यसअघि दुई वटा परीक्षण रिपोर्ट पोजिटिभ आएकी ती महिलाको आजको गरिएको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको पुष्टि गर्नुभएको हो ।
उहाँले २४ घण्टापछि गरिने अर्को परीक्षणको रिपोर्ट पनि नेगेटिभ आए ती महिलाई डिस्चार्ज गरिने बताउनुभएको छ ।

ती महिला चैत १९ गते धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना हुनुभएको थियो । डा. पोखरेलले महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिनुभयो । कतार एयरवेजको विमानमा उहाँ गएको चैत ४ गते नेपाल आउनुभएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार