Friday, September 20, 2024

पत्रपत्रिकामा आज : अभावमा उपल्लो मुस्ताङको सिंगो गाँउ विस्थापीत , मौसम पूर्वानुमानमा सांसदको प्रश्न

आजका दैनिक पत्रपत्रिकामा प्राकृतिक प्रकोप पीडितलाई राहत दिनेदेखी लिएर नेपालको मौसम पुर्वानुमानमा एक जना सांसदले प्रश्न चिन्ह उठाएको सम्मका खबर प्रकाशित भएका छन् ।

तराई–मधेसका जिल्लाका आँधीबेहरी पीडितलाई तत्काल आवासको व्यवस्था गर्न प्रतिपरिवार २ बन्डल जस्तापाता उपलब्ध गराउने निर्णय भएको समाचार राजधानी र नयाँ पत्रिका दैनिकमा छ ।

सरकारले मंगलबारको हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई १ लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेको छ । त्यस्तै गत असार साउन महिनामा गएको बाढी र केही दिनअघिको असिना पानीबाट पीडितलाई राहत दिने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । यो राहत प्रधानमन्त्री दैवीप्रकोप उद्दार तथा राहत कोषबाट दिइने भएको हो । त्यसका लागि कोषले गृह मन्त्रालय मातहतको केन्द्रीय दैवीप्रकोप उद्दार समितिमा १ अर्ब रुपैयाँ निकासा दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । यसैगरी सरकारले तराईका धनुषा, महोत्तरी र सिराहा जिल्लामा परेको असिनापानीले पुर्याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बैठकले तराईका तीे जिल्लाहरुमा असिनापानीले पु¥याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको हो ।

नागरिक दैनिकमा संसदको बैठकमा मौसम पुर्वानुमानमा मौसम पूर्वानुमान शाखामाथि रोष प्रकट गरेको खबर छ । मंगलबार आएको हावाहूरीको पूर्वानुमान गर्न पूर्वानुमान शाखा चुकेको आरोप सांसद राजकिशोर यादवले आरोप लगाएका छन् ।

अन्नपूर्ण पोष्टमा हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा सुबिधा खोज्दै बसाइ सरेर विस्तार भएको नयाँ बस्ती ‘नामासुङ’को तस्वीर छापिएको छ । छेटु शेर्पाले खिचेको तस्वीरको तलपट्टि लेखीएको क्याप्सनमा भनिएको छ, ‘ लोमान्थाङ गाउँपालिका–२ मा स्थापित भएको यो नयाँ बस्ती नामासुङ सोही वडाको सम्जुङ गाउँ विस्तापित भएर आएको हो । ’ करिव चार घण्टा पैदल टाढा पर्ने गाउँमा पानी, सडक र अन्य सुबिधा अभाव पछि यहाँका ४० बढी परिवार बसाइसरेको वडाअध्यक्ष रिन्जीङ दोर्जे बिष्टले बताए । सम्जुङ मुस्ताङको एक मात्र सडक नपुगेको गाउँ हो ।

पुरातत्व र ऐतीहासिक महत्व बोकेको काठमान्डौंको सुन्धारामा पानी नआएको अढाई दशक भएको खबर अन्नपूर्ण पोष्टमा सुरेन्द्र काफ्लेले लेखेका छन् । यही पत्रिकामा वन अतिक्रमण हटाउन अभियान थालेको समाचार पनि छ ।

नयाँ पत्रिका दैनिकमा ‘सिमित पानी : असिमित जीवाणु’ शिर्षकको खबर छ ।  दैनिक १० करोड लिटर धाराको पानी , दैनिक ६ करोड लिटर ट्यांकरको पानी ,दैनिक १७ लाख लिटर जार/ बोतलको पानी , पानीको माग दैनिक ३८ करोड लिटरमा मात्र १६ करोड आपूर्ति भएको उल्लेख छ ।  जारको पानीसमेत दूषित भएको पाइएको छ ।

‘तराईमा भीषण हुरी’ शिर्षकको समाचार कान्तिपुरमा छ । वर्षासँगै आएको हावाहुरीले महोत्तरीको गौशाला नगरपालिका –१२ मा एक महिलाको ज्यान गएको छ । यस्तै सिन्धुपाल्चोकको ठोकर्पास्थित बाघभैरबमा रहेको सामुदायिक वनलाई अन्र्तराष्ट्रिय वन अध्ययन केन्द्र बनाउन सरकारले ३० लाख दिने भएको समाचार अनिश तिवारीले लेखेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार