Saturday, November 16, 2024

डेनमार्कका विद्यालय बुधबारबाट खुले

बैशाख ३ (हाकाहाकी)– नयाँ कोरोना भाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो ।

पहिलो चरणमा नर्सरी, शिशु कक्षा र प्राथमिक विद्यालयहरु सुरु भएको एएफपी समाचार संस्थाले जनाएको छ । कोभिड–१९ का कारण डेनमार्क सहित युरोपका धेरै देशमा मार्च १२ तारिखदेखि विद्यालयहरु बन्द भएका थिए ।

तर पहिलो चरणमा डेनमार्कका आधाभन्दा बढी नगरपालिकाहरु र कोपेनहेगनका करिब ३५ प्रतिशत शैक्षिक संस्थाहरुमात्र खुलेका छन् । अन्य स्थानमा भने स्थानीय स्वास्थ्य अवस्थालाई विचार गरी क्रमैसँग विद्यालयहरु खोलिने शिक्षा मन्त्रालयले जनाएको समाचारमा उल्लेख छ । सबै विद्यालय अप्रिल २० तारिखसम्ममा खुलिसक्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार