Saturday, November 16, 2024

पास दुरुपयोग गर्ने १ हजार ८ सय बढि गाडी नियन्त्रणमा

बैशाख ३ (हाकाहाकी)– ट्राफिक प्रहरीले पासको दुरुपयोग गरी गुडेका १ हजार ८ सय ४६ वटा गाडीलाई नियन्त्रणमा लिएको छ ।

अहिलेसम्म ट्राफिक प्रहरीले लकडाउन उल्लंघन गर्ने ८ हजार ९ सय ७४ गाडीलाई होल्ड गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसैबीच लकडाउनको अवधिमा पास लिएर गुड्ने गाडीले पासको दुरुपयोग गरेको पाइएपछि ट्राफिक प्रहरीले त्यस्ता गाडीलाई कडाइ गर्ने भएको छ ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समयका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएको प्रहरीले जनाएको हो ।

त्यस्ता गाडीलाई ट्राफिक प्रहरीले कडाइका साथ जाँच गर्ने ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले बताउनुभयो ।

उहाँका अनुसार अत्यावश्यक कामबाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरी अवस्था हेर्न त्यस्ता गाडीहरु गुडेको भेटिएका छन् ।

अब त्यस्ता गाडीलाई ट्राफिक प्रहरीले निगरानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही गरिने उहाँको भनाइ छ ।

त्यसैगरी लकडाउनको समयमा २१ जना जाँडरक्सी पिएर गाडी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाले जनाएको छ । उपत्यकमा दिनमा १ सय ५५ र रातमा ४५ ठाउँमा चेकप्वाइन्ट राखेर जाँचको व्यवस्था मिलाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार