बैशाख ३ (हाकाहाकी)– तोकिएभन्दा बढी मूल्य लिई उपभोग्य सामग्री बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीको स्वयम्भूस्थित बुद्ध बजार प्रालिलाई कारबाही गरेको छ ।
नियमित अनुगमनका क्रममा यो प्रालिले उपभोग्य सामान एमआरपीभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार तत्कालै दुई लाख जरिवाना गरिएको विभागले जनाएको छ ।
विभागले बन्दाबन्दीका समयमा उपभोक्ता ठगिने सम्भावना उच्च रहेको भन्दै अनुगमनलाई तीव्रता दिँदै आएको छ ।