Saturday, November 16, 2024

आरडिटी परीक्षण गर्दा चितवनमा ४ जनामा पोजेटिभ

बैशाख ३ (हाकाहाकी)– ¥यापिड डाइग्‍नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा चितवनमा ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

त्यस मध्ये एक जना चितवनको पूर्वी रत्‍ननगर नगरपालिकास्थित गुञ्‍जमान सिंह अस्पतालका प्रशासक मोहन खड्काले बताउनुभएको छ ।

यसैबीच, ¥यापिड टेस्ट गर्दा पोखराकी एक महिलाको रिपोर्ट पोजेटिभ देखिएको छ । २७ दिनअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा टेस्ट पोजेटिभ भेटिएको हो ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार ¥यापिड टेस्टमा उहाँको रिपोर्ट पोजेटिभ आएको हो । थप परीक्षणको लागि उहाँको स्वाब पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको प्रमुख शर्माले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार