Saturday, November 16, 2024

जिप्रकाबाट मृत्यु संस्कारलाई मात्र सवारी पास

बैशाख ३ (हाकाहाकी)– जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आजदेखि आफ्नो परिवारका सदस्यको मृत्यु संस्कारमा जाने बाहेकलाई सवारी पास नदिने भएको छ ।

पासको अत्यधिक माग आउन थालेपछि लकडाउन उल्लघङ्न हुन थालेको भन्दै प्रशासनले परिवारका सदस्यको मृत्यु संस्कारमा जानेबाहेकलाई सवारी पास नदिने निर्णय गरेको हो ।
यसअघि अत्यावश्यक कामको लागि प्रशासनले गाडीको पास दिने व्यवस्था थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले आज सूचना निकालेर सवारी पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको जनाउनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार