Saturday, November 16, 2024

आइपीएल स्थगित

बैशाख ३ (हाकाहाकी)– कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन लम्बिएसँगै इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ ।

लकडाउन लम्बिएसँगै दोस्रो पटक स्थगित भएको आईपीएल यो वर्ष हुने सम्भावना समेत कम भएको छ । तर, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल यस वर्षको अन्त्यसम्म भएपनि गर्न लागि पर्ने बताएको छ ।

यसअघि , आईपीएलको १३ औं संस्करण २९ मार्चबाट सुरु हुने तालिका थियो । तर, कोरोनाको कारण अप्रिल १५ बाटको नयाँ मिति तय गरिएको थियो ।

विश्वभर फैलिएको कोरोनाको कारण हाल विश्वका सबै खेलकुद रोकिएको छ । युरोकप देखि ओलम्पिक खेलकुद समेत स्थगित भएको छ । भारतमा ११ हजार भन्दा बढी मानिस कोरोनाको संक्रमित भेटिएका छन् । यस्तै ३ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार