Saturday, November 16, 2024

देशभर १५ हजार ८ सय कोरोना परीक्षण

बैशाख ३ (हाकाहाकी)– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म देशभर कुल १५ हजार ८ सय जनाको कोरोना भाइरस परीक्षण भएको जनाएको छ ।

यसमा पिसिआर विधिबाट ६ हजार ८ सय ७१ र ¥यापिड टेस्टबाट ८ हजार ९ सय २९ जनाको परीक्षण भएको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिनुभएको हो । यस्तै गएको चौबीस घन्टामा कुल २ हजार ८ सय ९४ जनाको परीक्षण भएको छ ।

प्रवक्ता डा. देवकोटाले अहिलेसम्म देशभर ५ हजार ५ सय १४ जना क्वारेन्टाइनमा रहेको जानकारी दिनुभयो ।

यस्तै आइसोलेसनमा भने ११७ जना छन्, जसमध्ये उपत्यकामा ११ जना र उपत्यकाबाहिर १०६ जना छन् । देशभर रेडजोनमा भने १३ जना रहेको उहाँले जानकारी दिनुभयो ।

डा.देवकोटाका अनुसार देशका अधिकांश जिल्लामा ¥यापिड टेस्ट सुरु भइसकेको छ भने १४ वटा जिल्लामा अझै सुरु हुन बाँकी छ ।

ताजा समाचार

सम्बन्धित समाचार