Saturday, November 16, 2024

सनसिटीका तीनमध्ये एकको कोरोना पीसीआर नेगेटिभ

बैशाख ३ (हाकाहाकी)– पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका एकै परिवारका तीन जनाको कोरोना पीसीआर परीक्षण गर्दा एक जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
एकासी वर्षकी आमा र ५८ वर्षका छोराको रिपोर्ट पोजेटिभ देखिएको र बुहारीको नतिजा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार जानकारी दिनुभयो ।

त्यो परिवार चैत ५ गते बेलायतबाट फर्केको थियो । तर, त्यो परिवारका काम गर्ने सहयोगीहरुको नमुना पीसीआर विधिबाट परीक्षणका लागि टेकु ल्याइएको छ ।

यसैबीच, सनसिटी अपार्टमेन्टका ब्लक ए का अरु २९८ लाई आरडिटी विधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अपार्टमेन्टमा रहेका दुई संक्रमित चैत्र ९ गते वडा नं ५ मा उपस्थित भएको प्रमाणित भएसँगै वडा नं ५ का जनप्रतिनिधि, कर्मचारी र राहत वितरणमा खटेका सबैको ‍¥यापिड टेस्ट गरेको जानकारी दिनुभयो ।

काठमाडौँ क्षेत्र नंं ५ का प्रदेश सांसद नारायण सिलवालले पनि ३९ जनाको ¥यापिड टेस्ट गरेको र सबैको रिपोर्ट नगेटिभ आएको जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार