बैशाख २ (हाकाहाकी) – एसियन फुटबल फेडेरेसन (एएफसी) ले आउने मे र जुन महिनामा तय भएको सम्पूर्ण अन्तराष्ट्रिय खेल र प्रतियोगिता स्थगित गरेको छ ।
मलेसियाको क्वालालम्पुरमा आज बसेको एएफसीको बैठकले कोरोना भाईरसलाई मध्ये नजर गर्दै मे र जुन महिनाको सम्पूर्ण फुटबल स्थगित गर्ने निर्णय गरेको हो ।
एएफसीले अर्को सूचना जारी नभएसम्मका लागि तय भएको खेल र प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।
एएफसीले यस अघि मार्च र अप्रिलमा तय भएको अन्तर्राष्ट्रिय खेल र प्रतियोगिता स्थगित गरेको थियो ।
कोरोनाकै कारण यस वर्ष आयोजना हुने युरोकप र ओलम्पिक खेलकुद एक वर्ष स्थगित गरिएको छ ।