बैशाख २ (हाकाहाकी)– सर्वसाधारणले चाहिनेभन्दा बढी ग्यास किनेर घरमा थुपार्दा भारतबाट ग्यास बोकेर आएका बुलेट उद्योगहरुमा थन्किन थालेका छन् ।
खन्याउन भाँडो नभएर उद्योग परिसरमा आइपुगेका ग्यास बुलेट थन्किएकाहुन् ।
धादिङका १३ ग्यास उद्योगले करिब १० लाख सिलिन्डर बजार पठाएका छन् ।
ग्यासकाबुलेट आउने तर बजार पठाइएका सिलिन्डर नआउँदा समस्या परेको उद्योग सञ्चालकहरुको भनाइ छ ।
थाक्रे गाउँपालिका वडा नं ७जुँगेखोलामा रहेको श्री ग्यास उद्योगले काठमाडौं र धादिङमा एक लाख एक हजार चार सय ६४ सिलिन्डर बजार पठाएको छ ।
ती सबै उद्योगमानआएकाले बुलेटहरु थन्किएकाहुन ।