Saturday, November 16, 2024

सन् २०२१ अघि अन्तराष्ट्रिय फुटबल हुने संभावना कमः फिफा उपाध्यक्ष भिक्टर

बैशाख २ (हाकाहाकी)– विश्व फुटबलको सर्वोच्च निकाय फिफाका उपाध्यक्ष भिक्टर मोन्ट्याग्लियानीले सन् २०२१ अघि अन्तर्राष्ट्रिय फुटबल हुने सम्भावना कम रहेको बताउनुभएको छ ।

कोन्काफ फुटबलका अध्यक्ष समेत रहनुभएका भिक्टरले कोरोना भाईरसको कारण सन् २०२१ अघि अन्र्तराष्ट्रिय फुटबल गराउन कठिन भएको बताउनुभएको हो ।

कोरोनाको कारण फिफाले मार्च र जुन महिनाको सम्पूर्ण अन्र्तराष्ट्रिय फुटबल स्थगित गरिसकेको छ ।

कोरोना कै कारण विश्वकप छनोटका खेलहरु समेत स्थगित गरिएका छन् ।

कोरोनाले गर्दा यस वर्ष आयोजना हुने युरोकप र ओलम्पिक खेलकुद एक वर्ष स्थगित गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार