बैशाख २ (हाकाहाकी)– चीनले कोरोना भाइरसविरुद्ध तीनवटा वैकल्पिक खोप मानव परीक्षणका लागि योग्य ठहर गरेको छ ।
आज चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले आफूहरुले तीनवटा कोरोनाविरुद्धको खोप मानिसमा परीक्षणका लागि योग्य ठहर गरेको सिन्ह्वाले ट्वीटर मार्फत् जनाएको छ ।
यसअघि पनि चीनले कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गरिसकेको छ।
हाल निर्माण भएको तीन खोप पनि चाँडै मानिसमा परीक्षण हुने जनाइएको छ ।
अहिले विश्वभर कोरोनाविरुद्धको खोप बनाउने क्रम जारी रहेको सिन्ह्वाले जनाएको छ ।