Saturday, November 16, 2024

पूर्व उच्च पदस्थका घरका सुरक्षाकर्मी फिर्ता गर्न गृहमन्त्रीको निर्देशन

बैशाख २ (हाकाहाकी)– शक्तिको दुरुपयोग गर्दै पूर्वमन्त्रीहरुले आफ्नो सुरक्षाका लागि प्रयोग गर्दै आएका सुरक्षाकर्मीलाई फिर्ता गरी सीमामा खटाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्देशन दिनुभएको छ ।

गृहमन्त्री थापाले नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बोलाएर भिआइपीहरुको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर सिमानामा खटाउन निर्देशन दिनुभएको हो ।
गृहमन्त्रीले सीमाक्षेत्रमा सर्तकता अपनाउनका लागि सुरक्षाकर्मी बढाउन निर्देशन दिनुभएको हो ।

पर्साको वीरगञ्‍जमा तीन भारतीय नागरीकलाई कोरोना संक्रमण भएपछि थापाले तराईका सीमाक्षेत्रमा सुरक्षा सर्तकता बढाउन निर्देशन दिनुभएको छ ।

अहिले भारतमा फैलिरहेको कोरोनाका कारण मानिसहरुको प्रवेश रोक्न प्रत्येक दुई किलोमिटर सीमाक्षेत्रमा सशस्त्र प्रहरी खटाइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार