Saturday, November 16, 2024

लपु महानगरमा विदेशबाट आएका १३८ को कोरोना परिक्षण

बैशाख २ (हाकाहाकी)– ललितपुर महानगरपालिकामा विदेशबाट आएर क्वारेन्टाइनमा बसिरहेका १ सय ३८ जनाको कोरोना भाइरस परिक्षण हुँदैछ ।

महानगरपालिकाको लगनखेल र जावलाखेलमा ¥यापीड डाइग्नोष्टिक टेष्ट (आरडिटी) प्रविधीबाट परिक्षण गर्न लागिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

भोली बुङ्मती र धापाखेलमा पनि त्यही प्रविधीबाट परिक्षण गरिने कार्यालय प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभयो ।

यस्तै कार्यालयले बाग्मती, कोन्ज्योसोम र महाङ्कालगाउँपालिकामापनिआरडिटी प्रविधीबाट बैशाखा ४ गते परिक्षणको तयारी गरेको छ ।

बाग्मतीमा ४ जना, महाङ्कालमा ५ जना र कोन्ज्योसोममा ९ जनाविदेशबाट ३० दिनभित्र स्वदेश आइपुगेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार