Saturday, November 16, 2024

कालोबजारी आरोपमा पक्राउ परेका सुलभ थप ५ दिन हिरासतमा

बैशाख २ (हाकाहाकी)– कालोबजारी आरोपमा पक्राउ पर्नुभएका जगदम्बा समूहका सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोप लागेको उहाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो ।

त्यसमा जिल्ला प्रशासन कार्यालयले ५ दिनको समय दिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

यसअघि प्रशासन कार्यालयले दिएको ७ दिनको समय आज नै सकिएको छ ।

पाँच हजार रुपैयाँमा पाइने थर्मल गन १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि प्रहरीले अग्रवाललाई काठमाडौंको नक्शालबाट पक्राउ गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार