Saturday, November 16, 2024

कोरोना कोषमा आईक्यानको १ करोड

बैशाख २ (हाकाहाकी)– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ उपलब्ध गराएको छ ।
आईक्यानको परिषद्बाट निर्णय भएबमोजिम कोषमा तत्काल सहयोग उपलब्ध गराउने निर्णय भएको थियो ।

रकम आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आईक्यानले कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीहरूलाई पर्नसक्ने आर्थिक समस्या सम्बोधन गर्न नियमित छात्रवृत्तिबाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार