बैशाख २ (हाकाहाकी)– पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।
उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए ।
हिजो ¥यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
उहाँहरु मध्ये दुई जना (छोरा र आमा) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि पनि भएको छ ।
बाँकी एक (बुहारी) को भने नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सनसिटीमा पाँचवटा विल्डिङ छन् ।
अहिले कोरोना संक्रमण देखिएको परिवार ‘ए’ बिल्डिङमा बस्दै आएका थिए ।
¥यापिड टेष्टमा उहाँहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ ।
यसैबीच, मन्त्रालयले अपार्टमेन्टमा बस्ने करिब ३ सय परिवारका सबैको परीक्षण आजैबाट सुरू गरिएको जनाएको छ । मन्त्रालयले ती तीनजनासँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ पनि थालिएको जानकारी दिएको छ।
त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन ।